लखनउ, १६ पुस । भारतको लखनउको एक मदरसामा लामो समयदेखि एक छात्रामाथि यौन शोषण गरेको र उनलाई प्रताडित गरेको आरोपमा मदरसा सञ्चालकलाई पक्राउ गरी जेल चलान गरिएको छ छात्राको उजुरीमा प्रहरी र प्रशासनले छापा मारेर ५१ जना छात्रालाई मुक्त गराएको छ । लखनउका उच्च प्रहरी अधिकारी विकास चन्द्र त्रिपाठीले पीडित छात्राले पत्र लेखेर मदरसाका सञ्चालक कारी तैय्यब जियामाथि यौन शोषण गरेको र ज्यान मार्ने धम्की दिएको उजुरी गरेका थिए प्रहरीले छात्राहरुले यस्तो उजुरी गरेपछि केहीलाई नारी निकेतन पठाइएको र केहीलाई उनीहरुका अभिभावक आएर लगेको बताएका छन् मदरसामा १ सय २५ जना छात्राहरु पढ्ने गरेको र अहिले अन्य छात्राहरु घर गएर ५१ जना मात्रै बाँकी रहेको प्रहरीको भनाई छ मदरसाको छात्रावास समेत भएपनि त्यहाँ कुनै प्रकारका नियम कानुनको पालना नभएको बताइएको छ । जो मदरसा र छात्राबासमा हेरचाहका लागि महिला कर्मचारी समेत नियुक्त गरिएको थिएन लखनउको सआदतगञ्जमा रहेको यो मदरसाका सांस्थापक इन्दिरानगरका सैयद मोहम्मद जिलानी अशरफ हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया