छवि शिल्पा घटना साम्य नहुदै, विवाह दर्ता गराउने सचिवको मृत्यु

appharu
0
Shares

काठमाडौं । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको घटना विवाद साम्य हुन सकेको छैन ।

यसै क्रममा उनै जोडीको विवाह दर्ता गराउने काठमाडौं महानगरपालिका वडा नम्बर ८ का वडा सचिव प्रकाश पौडेलको मृत्यु भएको छ । पौडेलको मृत्युलाई अहिले छवि–शिल्पा घटनासंग जोडर हेर्न थालिएको छ ।

केही दिनअघि छविकी जेठी श्रीमती हेमा ओझाले यसअघिको विवाहको प्रमाण नै नखोजी विवाह दर्ता गराएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको थियो ।

छवि र शिल्पाविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी गरिरहेका बेला वडा सचिवको निधन भएको घटनालाई रहस्यमयी रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?