अन्ततः चलचित्र पद्यमावतीले पायो सेन्सर बोर्डबाट अनुमति

एजेन्सी । भारतमा महिनौंदेखि चलेको विवादको वाबजुद आखिर चलचित्र पद्यमावतीले सेन्सर बोर्डबाट प्रर्दशनको लागि अनुमति पाएको छ चलचित्र पद्यमावतीको विषयलाई लिएर भारतमा महिनौंसम्म चलेको विवाद, विरोध प्रदर्शन, राजनीतिक टीकाटिप्पणी र प्रदर्शन गर्ने मितिको विषयपछि सरेपछि अन्ततः सञ्जय लीला भंसालीद्वारा निर्देशित चलचित्र पद्यमावतीले सेन्सर बोर्डबाट अनुमति पाएको छ समाचार संस्था पीटीआइका अनुसार, सेन्सर बोर्डले चलचित्र पद्यमावतीको नाम परिवर्तन गरेर पद्यमावत राख्न सुझाव दिएको छ सेन्सर बोर्डले चलचित्रका केही दृश्यहरु हटाउन समेत आदेश दिएको छ । तर, सो चलचित्रसँग सम्बन्धित विवाद भने सकिएको छैन उक्त चलचित्रको विरोध गर्दै आएको करणी सेनाले सेन्सर बोर्डको आदेशपछि पनि खुशी देखिएको छैन करणी सेनाका संरक्षक लोकेन्द्र सिंह कावलीले भने, पद्यमावतीको वंशज र राजपरिवारसँग सम्बन्धित अन्य ६ जनालाई पनि सेन्सर बोर्डले उक्त चलचित्र देखाएको छ, उनीहरुको राय लिएर मात्रै करणी सेनाले भावी कदम चाल्ने बताए ।६ जनामध्ये तीनजनाले सो चलचित्रमाथि रोक लगाउन सिफारिस गरेको आफूले जानकारी पाएको कावलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?