नवलपरासीमा ११ वर्षकी बालिका बलात्कृत

appharu
0
Shares

काठमाडौं । ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक-पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ ।

सोही प्रकृतिको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवैलाई जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?