नुवाकोटमा बम बिस्फोट

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा बम बिस्फोट भएको छ । गएराति अज्ञात समूहले बम विस्फोट गराएको गाउँपालिकाकी उपाध्यक्ष सिता खतिवडाले बताउनुयो ।

विस्फोटबाट कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्वपूर्ण उपकरण जलेको छ ।

बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले जिम्मा लिएको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?