प्रतिनिधिसभा बैठक: कांग्रेस र राजपाद्वारा संसदमा नाराबाजी

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेस र राजपाले आजपनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै उनीहरुले बैठक अवरुद्द पारेका हुन् ।

बैठक सुरु हुनासाथ उनीहरुले घटनाको छानबिनका लागि समिति गठन नभएसम्म सदन चल्न नदिने अडान लिएका थिए । अहिले संसदमा नाराबाजी चलिरहेको छ ।

संसद अवरुद्ध हुँदा सभामुख कृष्ण बहादुर महराले जनताका सरोकारका विषयमा छलफल हुन नसकेको भन्दै सांसदहरुलाई आसन ग्रहण गरेर छलफलमा भाग लिन आग्रह गरेपनि प्रतिपक्षले वेवास्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?