काठमाडौं । व्यवसायीक समुह आईएमएस ग्रूपले भुक्तानी सेवा प्रदायक कम्पनी ‘सेलपे’ सार्वजनिक गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन प्रधानका अनुसार बजारमा हाल संचालनमा रहेका भन्दा फरक र नविनतम प्रविधिसहित सेलपे सार्वजनिक गरिएको हो ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट बिना आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ ।
जसमा विभिन्न अन्तररराष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाइएको छ । उक्त पेमेन्ट गेटवेको आज एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले सार्वजनिक गर्नुहुने छ ।
सेलपेमार्फत दूरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायत सबैखालका विद्युतीय भुक्तानी गर्न सकिने छ ।
सेलपेमार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देश भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनु पर्ने हो उसैको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।
सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
विक्रेताहरुको हकमा आफ्नो ब्यवसाय सेलपेमा आवद्ध गरी ग्राहकले सेलपेमार्फत गरेको भुक्तानी रकम तुरुन्तै आफ्नो बैंक खातामा प्राप्त गर्न सकिनेछ । साथै अन्य भुक्तानी माध्यमबाट प्राप्त गर्दा लाग्ने शुल्क भन्दा न्युन शुल्कमा सेलपे सेवा प्राप्त गर्नु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया