प्रेमकै बदनामी: रोशनले डेटिङ लगेर प्रेमीकालाई छुरा रोपे, अवस्था गम्भिर

काठमाडौं । प्रेम अपनत्वको भाव हो । प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ । भनिन्छ प्रेम निस्स्वार्थ हुन्छ । तर हिजोआज स्वार्थीपनाले गर्दा प्रेम बदनामी तर्फ धकेलिंदै गइरहेको छ । भनिन्छ जीवनसाथीको साथले मात्र जीवन पूर्ण हुन्छ । तर हिजोआज सम्बन्धमा स्वार्थीपना बढ्ता देखिँदा श्रीमान श्रीमतीको बिचमा दरार उत्पन्न हुन थालेको छ । यहि स्वार्थीपनाले गर्दा कतिको घर तहसनहस भएको छ, कतिको जीवन बर्बाद भएको छ, भने कतिको त हत्या-आत्महत्या नै हुने गरेको छ ।

वीरगन्जमा पनि यस्तै घटना भएको छ । वीरगन्ज महानगरपालिका-१० अशोक वाटिकाका एक युवकले प्रेमीकाको हत्या प्रयास गरेका छन्। २४ वर्षीय रोशन गुप्ताले प्रेमीका २२ वर्षीया मनु चौधरीको घाँटी रेटेर हत्याको प्रयास गरेका हुन् ।

छुरा प्रहारबाट गम्भीर घाइते चौधरीको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। सुरुमा उनलाई नारायणी अस्पताल पुर्याइएको थियो। घाँटीमा गहिरो घाउ देखेपछि चिकित्सकले चौधरीलाई मेडिकल कलेजतर्फ रिफर गरेका थिए।

चौधरी विवाहित महिला हुन्। उनका एक छोरा छन्। उनका श्रीमान् अजय सिंह रोजगारीको सिलसिलामा काठमाडौं छन्। चौधरी छोरासँगै वीरगन्ज १० घडीअर्वामा डेरा गरेर बस्दै आएकी छन्।

मंगलबार मध्यान्ह १२ बजेतिर रोशनले चौधरीलाई घुम्न वीरगन्ज( १५ मा अवस्थित भिस्वाडाँडामा बोलाएका थिए। त्यहा विवाद भएपछि रोशनले धारिलो छुराले मनुको घाँटीमा प्रहार गरेका हुन्।

चौधरीले रोशनसँग आफ्नो प्रेम रहेको कुरा बयानमा बताएकी छिन् । उनले एक हप्ता अघि दुबै जना काठमाडौंमा चार दिनसम्म सगैं बसेको पनि बताइन् ।

चौधरीका अनुसार रोशनले भिस्वाडाँडामा घुम्न बोलाएर त्यही बेला अचानक घाँटीमा छुरा हानेका थिए । उनले छुरा हान्नुको कारण भने बताउन चाहिनन्।

रोशनलाई प्रहरीले झाडीमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको छ। चौधरीले रोशन आफ्नो प्रेमी रहेको बताए पनि रोशनले भने चौधरी आफ्नी कान्छी श्रीमती भएको बयान दिएका छन् ।

छिमेकीले भने रोशन अविवाहित रहेको बताएका छन्। प्रहरीले रोशनलाई हिराससतमा राखेर अनुसन्धान अगाडि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?