सिन्धुलीमा एक महिला आफ्नै घरभित्र मृत फेला, हत्या गरिएको आशंका

काठमाडौं । सिन्धुलीमा एकल महिलाको हत्या भएको छ । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ कुण्ड दोभानमा मंगलबार राति घरमा एक्लै भएको अवस्थामा स्थानीय ठाडाबहादुर मोक्तानकी ४८ वर्षीया श्रीमती रानिमायाँ मोक्तानको हत्या भएको हो ।

मोक्तान बुधबार बिहान अबरेसम्म नउठेपछि स्थानीयले खोजतलास गर्दा घरभित्रै मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनी घरमा एक्लै बस्दै आएकी थिइन्।

मोक्तानको घाँटीमा डोरी कसिएको छ र लगाएको गरगहनापनि सबै लुटिएको छ।

सिन्धुलीका प्रहरी प्रमुख (एसपी) चक्रबहादुर सिंहका अनुसार घटना शंकास्पद देखिएको छ। घटनास्थलको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय कपिलाकोटको टोली पठाइएको सिंहले जानकारी दिनुभयो ।

मृतकका श्रीमान ठाडाबहादुरको करिब १५ वर्ष अघिनै मृत्यु भइसकेको छ भने उनका दुई छोराहरु रोजगारका लागि काठमाडौं बस्दै आएका छन्। बुहारी माइतमा भएको बताइएको छ। घटनाको थप विवरण आउँन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?