पर्यटनमन्त्री बन्दै योगेश भट्टराई, ४ बजे सपथ ग्रहण हुने

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् ।

ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईले आज अपरान्ह्र ४ बजे सपथ ग्रहण लिने भएका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली बुधबार दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भन्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राख्नुभएको थियो । नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन लाग्नुभएको हो ।

गत २०७५ फागुन १५ गते तात्कालिन मन्त्री रविन्द्र अधिकारीको निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री ओली आफैले सम्हाल्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?