बल्ल पूरा गरे ओलीले बाचा, को हुन् नवनियुक्त मन्त्री योगेश भट्टराई ?

appharu
0
Shares


संघीय संसदको चुनावी अभियानका क्रममा १९ कार्तिक ०७४ मा ताप्लेजुङ सदरमुकाम फुङलिङ पुगे तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली । सो चुनावी सभामा उनले भने, ‘योगेश भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता हो । यहाँ (ताप्लेजुङ) बाट तपाईंहरुले प्रतिनिधि सभामा जिताएर पठाउनुस् । काठमाडौंमा योगेशलाई मन्त्री बनाउने जिम्मा मेरो भो ।’ सोही अनुरुप उनी विजयी पनि भए । तर ओलीले ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएपछि मन्त्री बनाएनन् ।
त्यसदिन आफूसहित २ जनाको सानो मन्त्री मण्डल बनाए । १४ फागुनमा एमाले र माओवादी केन्द्रका केही मन्त्री राखेर दोस्रो पटक मन्त्री मण्डल विस्तार गरे । मन्त्री मण्डलले पूर्णता पाउन अझै केहीलाई मन्त्री नियुक्त गर्नु जरुरी थियो । यही कारणपनि दोस्रो पटकको विस्तार हुँदा १९ कार्तिकमा ताप्लेजुङका जनतासँग ओली आफैले गरेको वाचा अनुसार ‘योगेशलाई किन मन्त्री बनाएनौ ? भनेर कसैले प्रश्न गरेनन् । ‘मन्त्रीमण्डलले पूर्णता पाउँदा योगेश पक्कै पर्छन्’ भन्ने विश्वास धेरैको थियो । तर उनले कहिल्यै मन्त्री नबनाउँदा आलोचना भयो ।
अहिले भने विगतको आफ्नो बाचालाई ढिला गरी भएपनि प्रधानमन्त्रीले पूरा गरेका छन् । बुधबार योगेशलाई प्रधानमन्त्रीले पर्यटनमन्त्रीमा नियुक्त गरेका छन् । उनी तत्कालीन एमालेभित्रको माधव कुमार नेपाल निकाट मानिन्छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि खाली भएको पदमा उनी मन्त्री बनेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले नै सो पद सम्हालेका थिए ।
ओलीले आफ्नो उपचारका लागि सिंगापु्र जानुअघि यो निर्णय लिएका हुन् । उनी साउन १८ गते सिंगापुर जाँदैछन् ।

नेकपाभित्रको प्रभावशाली नेता योगेश एक मात्र प्रतिनिधिसभा सदस्य रहेको ताप्लेजुङमा वाम गठबन्धनको तर्फबाट भारी मत अन्तरले विजयी भएका थिए । भट्टराई लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका केशवप्रसाद दाहाललाई १२ हजार पाँच सय ९१ मतले हराउँदै विजयी भएका हुन् । भट्टराई २९ हजार ४ सय ७९ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी दाहालले १६ हजार ८ सय ८८ मत ल्याएका थिए ।

को हुन् योगेश भट्टराई ?
योगेश भट्टराईको जन्म २०२३ साल भदौ २१ गते ताप्लेजुङको साँघुमा बुबा स्व भिमलाल भट्टराई र आमा महेन्द्रादेवी भट्टराईको कोखबाट भएको हो। भट्टराई २०३६ सालको विद्यार्थी आन्दोलनबाट वाम राजनीतिमा प्रवेश गरेका थिए।

उनी २०४० सालमा पञ्चाय विरोधी आन्दोलनका क्रममा केन्द्रीय कारागारमा पहिलो पटक जेल परे। २०४१ सालमा इलामको महेन्द्ररत्न क्याम्पसको स्ववियु उपसभापति र २०४३ सालमा सभापति पदमा निर्वाचित भए। २०४६ सालदेखि अनेरास्ववियुको केन्द्रीय सदस्य रहेका भट्टराई कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि २०५६ सालसम्म अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भए।

२०६२ ६३ को जनआन्दोलनमा एमाले काठमाडौं उपत्यका कमिटीको सचिव, २०६४ सालमा ‘ताप्लेजुङ सरोकार केन्द्र’को संस्थापक महासचिव, २०६५ फागुनमा बुटवलमा सम्पन्न तत्कालीन नेकपा एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य र नवौं महाधिवेशनबाट एमालेको सचिव पदमा निर्वाचित भए। भट्टराई पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौंबाट पराजित भएका थिए।
युवापुस्ताका एक आशालाग्दा अनुहार मन्त्री बनेसँगै युवा नेताहरुमा पनि उत्साह पलाएको छ । उनी मन्त्री बनेसँगै सामाजिक सञ्जालमा बधाईको बाढी नै लागेको छ ।

हाम्रो पनि नवनियुक्त मन्त्री योगेशलाई बधाई !

यो पनि पढ्नुहोस् ।

पर्यटनमन्त्री बन्दै योगेश भट्टराई, ४ बजे सपथ ग्रहण हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?