कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिद्वारा ९ वर्षीया बालिका बलात्कृत

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । पर्वतमा ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् ।

कुश्मा नगरपालिका-९ कटुवाचौपारीका निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरी पराजुली पक्राउ परेका हुन् ।

पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको पीडित परिवारको उजुरीमा उल्लेख छ । स्थानीय मिल नजिकै बालिकामाथि दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

आरोपित पराजुलीलाई मंगलबार जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।

दुर्व्यवहारको घटना गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भएपनि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरिक्षक रायमाझीले जानकारी दिनुभयो ।

पराजुली स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?