युएस बंगला विमान दुर्घटना: पीडितको परिवारद्वारा २ अर्ब क्षतिपूर्ति दावीसहित मुद्दा दायर

काठमाडौं । युएस–बंगला एयरलाइन्स विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले क्षतिपूर्ति रकम दावी गर्दै मुद्दा दायर गरेका छन् ।

सन् २०१८ मार्च १२ तारिखमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एयरलाइन्स लिमिटेडको विमान दुर्घटनामा मृत्यु भएका सात जना एमबीबीएस विद्यार्थीहरुका कानूनी उत्तराधिकारी हकवाला निजहरुमा आश्रित पीडित आमाबाबुले वायुयान धनी सञ्चालक कम्पनीका विरुद्ध २ अर्ब १० करोड रुपैंया (१९ मिलियन ९० हजार अमेरिकी डलर) भन्दा बढी क्षतिपूर्ति रकम दावी गरी मुद्दा दायर गरेका हुन् ।

दुर्घटना भएको १६ महिना अवधि व्यतीत भइसकेता पनि कम्पनीकोतर्फबाट अन्तराष्ट्रिय कानून बमोजिम मागदावी गरिएको क्षतिपूर्ति प्रदान गर्न अस्वीकार गरिएपछि बाध्य भई पीडितहरुले न्यायलयमा मुद्दा दायर गरेका हुन् ।

उक्त दुर्घटनामा मृत्यु भएकी एन्जिला श्रेष्ठ, आसना शाक्य, मिली महर्जन, निगा महर्जन, प्रिन्सी धामी, सञ्जय महर्जन र श्रेया झाका आमाबुबाले मुद्दा दायर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?