विकास निर्माण गर्न केही कुराले छेक्दैन: पूर्वप्रधानमन्त्री खनाल

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताउनुभएको छ ।

आज यहाँस्थित सूर्योदय नगरपालिकामा ‘२०७६-०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उहाँले भन्नुभयो, “मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब भने मुलुक समृद्ध बनाउन कुनै समस्या रहेको छैन् ।”

पूर्वप्रधानमन्त्री खनालले अहिले मुलुक विकासकै चरणमा रहेको बताउँदै यो समयमा पनि विकासका काम नभएमा मुलुकपछि पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले १० वर्ष लगाएर निर्माण गरेको संविधान विकासको जग भएको भन्दै अब मुलुकमा विकासको छल्याङ मार्ने बेला भएको बताउनुभयो ।

“हामीले लामो समय राणाकाल, पञ्चायती व्यवस्थाजस्ता निरङ्कुश शासन व्यवस्था झेलेऊ”, उहाँले भन्नुभयो, “अब कुनै पनि निरङ्कुश व्यवस्था छैन । त्यसैले यो समयमा तीव्र विकास गर्नुपर्छ ” ।

उहाँले संविधान निर्माणपछि मुलुकमा अधिनायकवाद समापन भएको, जनतालाई अधिकार सम्पन्न बनाएको र प्रगतिको मार्ग देखा परेको उल्लेख गर्दै सूर्योदय नगरपालिका विकास र प्रगतिमा नेपालकै उत्कृष्ट नगर भएकाले अन्य स्थानीय तहले पनि यसबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य धीरेन्द्र शर्मा (रमण) ले मुलुक समृद्धिको दिशामा अघि बढेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?