बर्दियामा जङ्गली हात्तीको आक्रमणमा एक घाइते

appharu
0
Shares

काठमाडौं । बर्दियाको स्थानीय गेरुवा गाउँपालिका-३ खुटेना बस्ने करिव ७० वर्षीय भरथरे थारूलाई जङ्गली हात्तीले आक्रमण गरी घाइते बनाएको छ ।

कर्णाली नदीको किनारमा बाख्रा चराउन गएको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा उहाँको शरिरको विभिन्न भागमा चोट लागेको थियो ।

पाताभारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गिरीलाई शान्तिबजारस्थित भेरी मालिका पोलिक्लिनिकमा उपचार गराउन ल्याइएकामा सम्भब नभएकाले नेपालगञ्ज नर्सिङहोममा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोला बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?