पर्यटनमन्त्रीले राष्ट्रपतिबाट सपथ लिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) का स्थायी कमिटी सदस्य तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको शपथ लिनुभएको छ ।

भट्टराईले राष्ट्रपति विद्या देवी भण्डारीबाट शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनियताको शपथ लिनुभएको हो ।

कास्कीबाट निर्वाचित सांसद रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रिक्त थियो । ठीक पाँच महिनापछि १५ गते नै भट्टराई मन्त्री नियुक्त भएका हुनुभएको हो ।

रिक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओली आफैँले सम्हाल्दै आउनुभएको थियो । सरकारको काम कारबाही प्रभावकारी नभएको र मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने आवाज उठिरहेका बेला प्रधानमन्त्रीले पर्यटनमन्त्रीमात्रै पूर्ति गर्नुभएको हो ।

यो छुटाउनुभयो की ?

पर्यटनमन्त्री बन्दै योगेश भट्टराई, ४ बजे सपथ ग्रहण हुने

बल्ल पूरा गरे ओलीले बाचा, को हुन् नवनियुक्त मन्त्री योगेश भट्टराई ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?