आर्मीको जस्तै देखिने कपडा सर्वसाधारणका लागि हुँदैछ ब्याण्ड ! कारण यस्तो

appharu
0
Shares

सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेको भन्दै सेनाले आर्मीको जस्तो कपडा प्रयोगमा नियमन गर्न थालेको छ । नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा सर्वसाधारणले अत्याधिक प्रयोग गर्न थालेपछि नियमन थालिएको गृह मन्त्रालयले जनाएको छ । अब वन रक्षक र निजी सुरक्षागार्डले पनि सैनिकको जस्तै पोशाक लगाउन पाउने छैनन् ।

गृह मन्त्रालयले सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढेको भन्दै सेनाबाहेकका व्यक्तिलाई पोशाक प्रयोग गर्न नपाउने व्यवस्था लागू गरेको हो ।

नेपाली सेनाको आग्रहमा मन्त्रालयले ७७ जिल्लामै सर्वसाधारणले सैनिक पोशाक प्रयोग गर्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिएको सैनिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?