हामी धेरै जसाेले सानाे छँदा हजुरबुवा हजुरअामा या अामाबुवाबाट राेचक कथा सुन्ने गर्थ्याै अनि अन्तमा सुनिने वाक्यांस हुन्थ्याे, “सुन्नेलाई सुनकाे माला,भन्नेलाई फुलकाे माला । याे कथा बैकुण्ठ जाला, भन्ने बेला खुरुरु अाउला ।” कथा हामी अाज पनि सुन्छाैं अनि भन्छाै पनि, मात्र कथा अनि हाम्राे स्तर फेरिएकाे छ ।तपाईकाे टाेल समुदाय नजिक कुनै एफ एम रेडियो स्टेसन छ भने तपाईले पनि सुन्दै अाउनु भएकाे छ हाेला कथा अनि उपन्यासको वाचन श्रृङखला -सुन्नेलाई सुनकाे माला ।रेडियाे थाहा सञ्चार नेटवर्क र यस्का पार्टनर रेडियाे स्टेशनबाट बिहीबार राति ९:१५बजे देखि प्रशारण हुन्छ, सुन्नेलाई सुनकाे माला अनि यस्का प्रस्ताेता हुन, पवनराज पाैडेल ।पवनले सुन्नेलाई सुनकाे माला मार्फत धेरै सर्जकका कथा अनि उपन्यास हामिलाई सुनाईसकेका छन तर पवनकाे अाफ्नै कथा धेरैलाई थाहा छैन, सवैलाई कथा सुनाएर मन्त्र मुग्ध पार्ने पवनकाे कथा अाज हामी प्रस्तुत गर्दैछाैै ।तनहुँकाे मिर्लुङमा जन्मिएका पवनकाे बाल्यकाल ग्रामिण परिवेशमै बित्याे ।शिक्षक पिता र गृहिणी माताका पुत्र हुन पवन ।पवनका लागि घर शैक्षिक वातावरण मैत्री थियाे ।उनका पिताकाे पुस्तकालयमा उनी घण्टाैं हराईदिन्थे ।अध्ययनमा अत्यन्तै रस बसेकाे थियाे पवनकाे, अध्ययनका अलावा गाउँघर तथा विद्यालयमा हुने विविध साँस्कृतिक कार्यक्रममा उनी माईक समातिहाल्थे ।उनी माईकमा बाेलिरहँदा साथिहरु केटामा केही दम छ भन्दै उचालिदिन्थे अनि पवन साथिहरुकाे कुरा सुनेर मख्ख पर्थे । त्याे उमेरमा उनीसंग मख्ख पर्नुकाे विकल्प पनि थिएन, किनकि उनी संग कुनै याेजना थिएन, मात्र यी कुराहरु सपनासरी थिए ।सपनालाई याेजनाकाे रुप दिन उनले काठमाण्डाैं हानिने निर्णय गरे ।एस एल सि सकिसके पछिकाे हिँउदकाे एकदिन झिसमिसे मै पवन काठमाण्डाैं अाए ।गाँउकाे ग्रामिण परिवेशमा राम्रै संग हुर्किएका उनी काठमाण्डाैंकाे भिड र धुवाँ धुलाेमा नराम्ररी अत्तालिए, भिडमा हराउछुकि भन्ने चिन्ताले पनि पवनलाई नसताएकाे हाेईन तर उनले धैर्य गरे अनि उच्च शिक्षाका लागि सरस्वति क्याम्पस भर्ना भए । सरस्वति क्याम्पसमै अध्ययनरत रहँदा उनकाे भेट रेडियाे नेपालका हरिशरण लामिछाने संग भयाे अनि माेड लियाे पवनकाे जिन्दगिले पनि । हरिशरणले हात समातेर पवनलाई रेडियाे भित्र हुलिदिए ।राजधानीकाे एचबिसि अनि चितवनकाे सिनर्जि एफ एममा पार्टटाईमर प्रस्ताेता बनेका पवन २०५९ सालमा कालिका एफएमका जागिरे बने ।देशमा द्वन्द्व चरम उत्कर्षमा थियाे, तत्कालिन शाहि सरकारले एफ एम रेडियाेहरुलाई समाचारमुलक कार्यक्रम प्रशारण गर्न राेक लगाएकाे थियाे तर पवनकाे तिव्र ईच्छा भने समाचारकै क्षेत्रमा काम गर्ने थियाे ।पवनकाे यात्रा अझ फराकिलाे भयाे ,उनी सिक्किम गए ।सिक्किमकाे सिक्किम पब्लिकेसन्स,विरगञ्जकाे नारायणि एफ एम हुँदै पवन हेटाैडा अाईपुगे ।रेडियाे थाहा सञ्चारमा समाचार प्रमुखकाे रुपमा ।स्कुले जीवनमा छँदा नवयुवा मासिकमा प्रकाशित हुने लिखे धारावाहिक पवनलाई असाध्यै मनपर्थ्याे ।उनले लिखे पढ्न कहिल्यै छुटाएनन् ।धारावाहिकमा लिखे र साेनामदाई प्रिय पात्र थिए पवनका ।उनलाई लिखे धारावाहिकका पात्र साेनामदाई असाध्यै अादर्श व्यक्ति लाग्थ्याे ।लिखे धारावाहिक प्रति पवनकाे रस यति सम्म बस्याे कि उनले उपन्यास श्रृङ्खला सुन्नेलाई सुनकाे मालाकाे शुरुवातनै यहि धारावाहिकबाट गरे ।रेडियाे थाहाकाे दाेश्राे बार्षिकाेत्सवमा लिखेका लेखक शरद पाैडेल र माअाेवादी नेता साेनाम साथिलाई पाहुनाकाे रुपमा निम्त्याईएकाे थियाे ।पवनकाे अाश्चार्यकाे सिमा रहेन कार्यक्रमा पाहुना बनेर अाएका माअाेवादी नेता साेनाम साथि नै पवनकाे प्रिय श्रृङ्खला लिखेका पात्र साेननम दाइ थिए । वास्तविक नाम शशी शेरचन । शुरुमा त पवनलाई हाेईनहाेला जस्ताे लाग्याे तर साेनाम संगकाे संसर्गबाट उनलाई थाहा पाउन कत्तिपनि समय लागेन किनकि उपन्यासमा प्रस्तुत गरिए भन्दा धेरै उच्च विचारका थिए साेनाम साथि अर्थात लिखेका साेनाम दाइ ।बिरलै मानिसहरुले उपन्यासकाे प्रिय पात्रलाई प्रत्यक्ष भेट्ने अवसर पाउँछन्, जुन पवनले पाए ।रेडियाे यात्रामा पवनकाे अर्काेपनि स्मरणीय प्रशंग छ,उनकै टक शाे सम्बन्धि ।राजनीतिक अन्तर्वार्ता लिने जाेश पवनमा खासै देखिदैन, किनकि पवनलाई थाहा छ, दैनिक प्रशारण हुने यस्ता कार्यक्रममा नेताहरु अक्सर झुटाे बाेल्छन,त्यसैकारण पनि पवन पछिल्लाे समय पवन बिश्लेशक तर्फ लहसिएका छन ।पवनले एकदिन काँग्रेश नेता प्रदिप गिरीलाई साेधे,दलहरुका कारण निराशा बढेकाेछ,यस्ताे कहिले सम्म?गिरीकाे जवाफ थियाे,कुनै किराकाे अायु ६ दिनकाे हुन्छ,उ ६ दिनकै समयलाई ध्यानमा राखेर साेच्छ,बाँच्छ र मर्छ ।कुनै किराकाे अायु ६ महिनाकाे हुन्छ, उ ६ महिनाकै समयलाई राखेर चल्छ तर मान्छेले अर्काे पुस्ता सम्म अथवा पुस्ताैं पुस्ता सम्मकाे हितलाई साेच्न सक्नुपर्छ ।हामि कहाँ ६ महिने किराकाे जस्ताे साेचाई राख्ने नेताहरु छन।त्यसैले कहिले सम्म भन्ने प्रश्नकाे जवाफ म संग छैन तर निराश हुनुहुदैन, संघर्ष जारी राख्नु पर्छ,अँध्याराे हट्छ एकदिन, उज्यालाे हुन्छ,हुन्छ पवन अाजपनि त्यहि उज्यालाे दिनकाे प्रतिक्षामा छन पवन ।लाखाै श्राेताले पवनलाई अाेजिलाे अावाज भएका सुन्नेलाई सुनकाे मालाकाे प्रस्ताेताकाे रुपमा चिन्छन ।सुन्नेलाई सुनकाे मालामा दर्जनाै उपन्यास वाचन गरिसकेका पवनकाे जीवन भाेगाई अाफैमा एउटा सुन्दर उपन्यास झै अगाडि बढिरहेकाे छ ।लाखाै श्राेताकाे मन जित्न सफल पवन भने साहित्यकार नयनराज पाण्डेकाे लेखनशैलिका एकदम ठुला फ्यान हुन ।एउटा सामान्य प्रस्ताेताबाट रेडियाेकर्ममा छिरेका पवन अाफ्नाे कुशल नेतृत्व क्षमता प्रदर्शन गर्दै देशकै सबै भन्दा ठुलाे रेडियाे थाहासञ्चार नेटवर्कका कार्कारी प्रमुख छन ।पवनलाई मेराे प्रश्न थियाे थाहा संगकाे याे प्रेम कहिले सम्म?मुस्कुराउँदै पवनले जवाफ दिए- हाे थाहासंग मेराे प्रेम छ।थाहा दर्शन जस्ले पुर्ण ईमान सहितकाे सुसंस्कृत मानव तथा स्वच्छ समाजकाे परिकल्पना गर्छ,यस्का परिकल्पनाकार रुपचन्द्र विष्ट संग मेराे भेट नभए पनि कहिले काहीँ लाग्छ मलाई उनैले निर्देशित गरिरहेका छन,त्यसैले थाहा अभियानकै अभिन्न पाटाेका रुपमा मैले थाहा सञ्चारकर्मलाई लिएकाेछु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया