चर्चित अमेरिकी गायिका केटी पेरीलाई क्रिश्चियन गीत चोरेको पुष्टि

appharu
0
Shares
तस्विर : गुगलबाट

एजेन्सी । अमेरिकी चर्चित गायिका केटी पेरीले एउटा क्रिश्चियन धार्मिक गीत चोरी गरेको पुष्टि भएको छ ।

केहिदिन अघि मात्रै निर्णयकहरुले चोरीको पुष्टि गरेका हुन् । नौ सदस्यीय निर्णयक समितिका अनुसार मार्कस ग्रेको ‘ज्वोएफूल न्वाइज’बाट पेरीले कपी गरेकी हुन् । केटीले चर्चित गीत ‘डार्क हर्स’को बिट उक्त क्रिश्चियन गीतबाट चोरेकी थिइन् ।

एक सातासम्मको प्रयासबाट गीत चोरी भएको पुष्टि भएको हो । केटीले भने आफूले उक्त गीत नसुनेको भन्दै चोरीको आरोप अस्वीकार गरेकी छन् ।

ग्रेका वकिलले गीतको १६ सेकेन्डको महत्वपूर्ण पाटो नै चोरी भएको दावी गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् ।

तस्विर : गुगलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?