काठमाण्डौं । चलचित्र ‘बिर बिक्रम २’ को जापानमा प्रदर्शन सुरु भएको छ । चलचित्रको जापानमा प्रदर्शन हुने भएपछि चलचित्रका सबै कलाकार तथा निर्देशक अहिले जापान पुगेका छन् ।
नायक पल शाह, नायिका बर्षा सिवाकोटी, कलाकार बुद्धी तामाङ, निर्देशक मिलन चाम्स लगायतको टोलि जापान पुगेका हो ।
चलचित्रका निर्देशक मिलन चाम्सले ‘बिर बिक्रम २’को प्रदर्शन जुलाई २८ तारिकदेखी जापानको नगोयाबाट सुरु भएको जानकारी दिनुभयो ।
अर्पण सापकोटा निर्माता रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । सुदीप बरालको छायांकन र बनिष शाहको सम्पादन रहेको चलचित्र अजरबैजानको रमणीय लोकेशनमा खिचिएको छ । चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया