हराइरहेकी बालिका ५० घण्टापछि जंगलमा भेटिएकी छिन् ।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका–१ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी हुन् । घरबाट हराएकी उनलाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलबाट उद्दार गरेका हुन् ।
यसैबिच आफ्नो छोरी हराएको पीरमा बालिकाकी आमाले विष सेवन गरेकी छिन् । उनलाई अस्पताल भर्ना गरिएको छ ।
समाचार स्रोत : कान्तिपुर दैनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया