एजेन्सी । प्रिमियर लिग क्लब टोटेनहमले औडी कपको उपाधि उचालेको छ ।
बुधबार राति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखलाई पराजित गर्दै टोटेनहमले उपाधि उचालेको हो ।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।
१९ औ मिनेटमा ईरिक लामेलाको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । ५९ औ मिनेटमा क्रिस्टियन एरिक्सनले टोटेनहमको अग्रता दोब्बर पारे । पहिलो हाफमा जर्मन क्लबमाथि टोटेनहम पुर्ण रुपमा हाबी देखिन्थ्यो ।
६१ औ मिनेटमा जान फिएद अर्पले गोल गर्दै बार्यनलाई खेलमा फर्काउने कोशिश गरे । ८१ औ मिनेटमा अल्फान्सो डेविसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
सडनडेथको खेलमा जेरोम बोटेङ्गले उत्कृष्ट बचाउ गर्दै बार्यनलाई निराश बनाउदै प्रि–सिजन टूरमा टोटेनहमलाई पहिलो उपाधि जिताउन सफल रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया