पेरिसडाँडा पुगे पर्यटनमन्त्री, जनयुद्धका सहिदप्रति श्रद्धाञ्जली अर्पण

appharu
0
Shares

काठमाडौं – बुधबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै पदभार सम्हाल्नुभएका नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश कुमार भट्टराई पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । पर्यटनमन्त्रीको सपथग्रहण लगत्तै बुधबार नै लैनचौरस्थित सहिद स्तम्भ पुग्नुभएका उहाँ आज नेता, कार्यकर्ता तथा शुभेच्छुकसहित तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पुग्नुभएको हो ।

नवनियुक्त मन्त्री भट्टराईले त्यहाँ स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

उहाँले नेकपालाई अहिलेको स्थानसम्म पुर्‍याउन जनयुद्धका सहिद तथा वेपत्ताहरुको योगदान अमुल्य रहेको पत्रकारहरुसँग प्रतिक्रिया दिनुभयो ।

मन्त्री भट्टराई आजै तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर मदन भण्डारी र जीवराज आश्रीतप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
यो समाचार छुटाउनुभएको थियो कि ?

पर्यटनमन्त्रीको कार्यभार सम्हाल्दै के–के भने योगेश भट्टराईले ?

नवनियुक्त पर्यटनमन्त्रीलाई कांग्रेस नेता गगन थापाले यसो भने

बल्ल पूरा गरे ओलीले बाचा, को हुन् नवनियुक्त मन्त्री योगेश भट्टराई ?

पर्यटनमन्त्रीले राष्ट्रपतिबाट सपथ लिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?