गेटको ताला काटेर कसले गर्यो एनसेल टावरमा आगजनी ?

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीले धनगढीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ ।

धनगढी उप-महानगरपालिको वडा नम्बर ६ को जालीमा रहेको एनसेल टावरमा गए राति आगजनी गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बुधवार राती सवा १२ बजेको समयमा आगजनी गरिएको जनाए ।

उनले भने, ‘पर्चा पम्पेलेट केही भेटिएको छैन । तर, विप्लव समूहले आगजनी गरेको आशङ्का गरेका छौँ ।’ गेटको ताला काटेर टावरमा आगजनी गरिएको उनले बताए ।

आगजनी बाट टावरका व्याट्रीहरु जलेका छन् । एनसेल टावरमा आगजनी भएको खबर पाएपछि प्रहरी तत्काल घटना स्थलमा पुगेको थियो ।

प्रहरी तत्काल घटनास्थलमा पुगेपछि बढी क्षति हुन नपाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?