सुनकोशी नदीले बगाउँदा विद्यार्थी बेपत्ता

appharu
0
Shares

काठमाडौं । सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका-७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन् ।

आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन् ।

उनको खोजी कार्य भइरहेको छ । प्रहरी चौकी लामोसाँघुबाट गएका प्रहरी, विद्यालयका शिक्षक तथा स्थानीयवासीले खोजी गरिरहेका छन् ।

बल खेल्ने क्रममा खेलिरहेको बल खोलामा पुगेपछि उनी बल निकाल्नका लागि खोलामा पसेका थिए । “खेलिरहेको बल खोलामा पुगेपछि झिक्नका लागि गएक रहेछन्”, शिक्षक हरेराम नेपालले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?