विप्लवको निसानामा एनसेल र नेपाल टेलिकम दर्जन बढी टावरमा आगजनी

appharu
0
Shares
तस्वीर गूगल

काठमाडौं । बिहीबार बिहानसम्म अज्ञात समूहद्वारा एनटिसी र एनसेलका दर्जन बढी टावरमा आगजनी भएको छ ।

देशभर एक दर्जन भन्दा बढी टावरहरुमा आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार अज्ञात समूहले झापा, ललितपुर, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, पर्वत, धादिङ, बागलुङ, म्याग्दी, डोटी, डडेलधुरा, मकवानपुर, कपिलवस्तु र कैलालीमा रहेका एनसेलका टावरमा आगजनी गरेको छ भने झापा र धादिङमा भने एनटिसीको टावरमा बम विस्फोट गरिएको छ । टावरमा आगजनी भएपछि टेलिफोन सेवा अवरूद्द भएको छ ।

प्रहरीले एनटिसी र एनसेलका टावरहरुमा आगजनी विप्लव समूहको संलग्नता रहेको अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?