यती एयरलाइन्सले शुरु गर्यो भैरहवा-पोखरा उडान

appharu
0
Shares
तस्वीर: गूगल

काठमाडौं । यती एयरलाइन्सले भैरहवा-पोखरा हवाई उडान शुरु गरेको छ । बिहीबार पोखराबाट १४ यात्रु लिएर आएको यतीले भैरहवाबाट पोखरा उडान भरेको हो ।

यतीको सेवा सुरुवातसँगै भैरहवा-पोखरा अब दैनिक दुई उडान हुनेछ । लुम्बिनी र पोखरालाई सहज हवाईमार्गले जोड्ने सेवा सुरु गरिएको यती एयर भैरहवा शाखा व्यवस्थापक बाँसुकी राणाले बताउनुभयो ।

स्थलमार्गको बेलहिया हुँदै नेपाल प्रवेश गर्ने र पोखरा मुक्तिनाथको यात्रा गर्न चाहने भारतीय पर्यटकलाई समेत हवाई यात्राले छोटो, छरितो र सहज बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?