प्रतिभा मा. वि. की छात्रा ‘पाण्डे’ व्यवस्थापन संकायमा देश भरमै सर्वोत्कृष्ट ..

appharu
21
Shares

राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा संचालित कक्षा  १२ को परीक्षामा पोखराको  प्रतिभा मा वि की छात्रा शुरती पाण्डेले व्यवस्थापन संकायमा देशभरमै सर्वोत्कृष्ट विद्यार्थी हुन सफल भएकी छिन् ।

सोमबार सार्बजनिक नतिजामा ३.९२ जिपिए  सहित देशभरमै सर्वोउत्कृष्ट नतिजा ल्याउन सफल भएको बिद्यालयका प्राचार्य विश्व गोपाल पराजुलीले बताए । 

“व्यवस्थापन संकायबाट सर्वोत्कृष्ट नतिजा प्राप्त भएकोमा विद्यालयको शैक्षिक शान बढेको छ”  पराजुलीले भने… 

प्राचार्यको अनुसार विद्यालयबाट विज्ञान संकाय समेत ३.७९ उच्चतम जिपिए सहित विद्यालयको समग्र नतिजा उत्कृष्ट रहेको छ । गण्डकी प्रदेशमा प्रतिभा मा बि  विज्ञान र व्यवस्थापन संकायमा  सबै भन्दा धेरै बिद्यार्थीहरुको रोजाईमा पर्ने गरेको छ ।

उत्कृष्ट बिद्यार्थीहरुको शैक्षिक गन्तब्य बनेको प्रतिभाले देश भरमै प्रतिस्पर्धा गर्न सक्ने नतिजा ल्याउने गरेको छ । गत बर्ष प्रतिभा बाट विज्ञान र व्यवस्थापन संकायबाट ४८० बिद्यार्थीले परीक्षा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?