कलंकी गोली प्रकरण नयाँ खुलाशा : फरेन्सक जाँचबाट आयो नेगेटिभ रिजल्ट !

appharu
0
Shares


काठमाडौं केहि दिनअघि कलंकीस्थित एक घरमा गोली चलेको घटनामा नयाँ खुलाशा आएको छ । प्रहरीले नियन्त्रणमा लिएको छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनालबाट बरामद गरिएको लाइसेन्स प्राप्त हतियारबाट गोली नचलेको फरेन्सक जाँचबाट खुलेसँगै घटनामा ट्वीस्ट आएको छ ।
ब्यालेस्टिक जाँचको नतिजा ‘नेगेटिभ’ आएपछि अब घटना कसले के नियतले गरायो भन्ने कुरा अझ गम्भिर भएको छ ।
पूर्वइञ्जिनियर शुभांकर खनाललाई नियन्त्रणमा लिएर सोधपुछ गरिए पनि अन्य सबुत नभेटिएपछि साधारण तारेखमा छाडिएको थियो ।

गत सोमबार साँझ पूर्वउपसचिव विष्णुप्रसाद शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा एक्कासी सिसा फुटेपछि हेर्दा २।२ एमएमको गोली भेटिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो सामाचार पढ्नुभयो ?
कलंकी गोली प्रकरण : लाइसेन्स प्राप्त व्यक्तिले हानेको प्रहरीको अनुमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?