एजेन्सी । भारतको मध्य प्रदेशको उज्जैनमा अपहरणको एउटा अनौठो घटना बाहिर आएको छ। घटनामा भैंसी अपहरणमा परेको हो ।
भैंसी चोरेर अपहरणकारीले धनीसँग फिरौती मागेका हुन् । अपहरणकारीले भैंसीका मालिक अंगुरवाली हाडासँग भैंसीको बदला लाखौँ रुपैयाँ फिरौती मागेका थिए।
आजतकका अनुसार कसैले रातिको समयमा भैंसी मालिकलाई फोन गरी भैंसी अपहरणमा परेको र ठूलै रकम दिएपछि मात्र भैंसी फिर्ता हुने खबर गरेका थिए।
हाडा एक डेरी उद्योगकी मालिक पनि हुन् । उनीसँग मुर्हा जातका भैंसी छन् । यो जातका भैंसी खुब दूधालु हुन्छन् र एउटा भैंसीको मूल्य डेढ लाखदेखि २ लाख रुपैयाँसम्म पर्छ ।
हाडाको फर्मबाट भैंसी अपरणमा परेको यो पहिलो घटना भने होइन । उनका अनुसार बदमासहरूले यसअघि पनि उनका भैंसी अपरण गरेका थिए।
ती अपहरणकारीहरूले एकजना छिमेकीलाई मध्यस्थकर्ता बनाएर भैंसी अपहरण गरेका रहेछन्। त्यतिबेला उनले अपहरणकारीलाई १ लाख ३५ हजार रुपैयाँ दिएर भैंसी फिर्ता लिएकी थिए ।
यो वर्ष जुन महिनामा उनको फर्मबाट फेरि ४ वटा भैंसी हराएका थिए । तर यस पटक भने उनी बदमासहरूका कुरा नसुनी सिधै प्रहरी चौकी पुगेकी छन्। उनले भैंसी अपरणको मुद्दा दर्ता समेत गराइसकेकी छन्।
समाचारमा जनाइएअनुसार प्रहरीले घटनाबारे अनुसन्धान गर्ने बताएको छ । भैंसी हराउन थालेपछि हाडाले आफ्नो फर्ममा सीसी क्यामेरा जडान गरेकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया