एनआईसी एशिया बैंक र ‘सेल पे’बीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंकले हिजोबाट सञ्चालनमा आएको ‘सेल पे’ संग सम्झौता गरेको छ । बैंकले सर्भिसमा ग्राहकले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेल पेसँग सम्झौता गरेको हो ।

सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो, जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीका बिलहरू जस्तै बिजुली, खानेपानी, इन्टरनेट, टीभी साथै स्कूल, रेस्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तर बैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सक्ने छन् ।

सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सेल पेको तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे ।

सम्झौतासँगै सेल पेमा ग्राहकले एनआईसी बैंक एकाउन्ट लिंक गरेमा वेलकम बोनसको रुपमा १ सय रुपैयाँ बराबरको मोबाइल टपअप प्राप्त गर्न सक्नेछन् । लिंक गरेको खाताबाट भुक्तानी गर्दा कुनै शुल्क लाग्दैन । यसका साथै विभिन्न बिल भुक्तानी गर्दा थप क्यास ब्याक अफर पनि यो सुविधामा उपलब्ध रहेको छ ।

सेल पे सर्भिस प्रयोगसँगै ग्राहकहरुले छिटो छरितो रुपमा सेवा सुविधा उपयोग गर्न सक्नेछन्, जसबाट ग्राहकको डिजिटल बैंकिङको प्रयोगतर्फ आकर्षण र सक्रियता बढाउने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?