कपिलवस्तुमा गोलि चल्यो

काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा गोली चल्दा सत्तारुढ समाजवादी पार्टीका नेता घाइते हुनुभएको छ ।

समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष रामनयन यादवमाथि बिहीबार दिउँसो अज्ञात समूहले गोली प्रहार गर्दा सामान्य घाइते हुनुभएको हो।

शुद्धोधन गाउँपालिका-५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ । मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेको र उनीहरुको पहिचान भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?