काठमाण्डौं । मिस इङ्गल्याण्डको दोस्रो रनर अपको उपाधीमाथी नेपाली चेली प्रतिष्ठा राउतले कब्जा जमाउनु भएको छ ।
प्रतिष्ठाले आफू मिस इङ्गल्याण्ड २०१९ को आधिकारिक दोस्रो रनर अप भएको जानकारी फेसबुकमार्फत् भिडियो पोष्ट गरेर दिनुभएको छ ।
यसका साथै उहाँले च्यारिटीका लागि सबैभन्दा धेरै राशी जम्मा गर्न सफल बन्नु भएको छ ।
मानसिक जागरुकता फैलाउने क्षेत्रमा काम गरिरहेको क्रोनिकल सनसाइन फन्डका लागि प्रतिष्ठाले ९ हजार ९ सय ९९ पाउन्ड (१३ लाख रुपैयाँ बढी) संकलन गर्न सफल बननु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया