अमेरिका –चीन व्यापार युद्ध अझै थप तनावपूर्ण बन्दै

appharu
0
Shares


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो सेप्टेम्बर १ देखि लागु हुने गरी ३ सय बिलियन डलर बराबरको चिनियाँ उत्पादनका लागि थप १० प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको यो कदम दुई देशबीच व्यापार युद्ध चलिरहेको बेलाको अर्को चरण मानिएको छ । पछिल्लो चरणको वार्तामा दुई पक्षबीच ब्रेकथ्रु नभएपछि ट्रम्पले यो कदम चालेका हुन् । लगानीकर्ताहरुले यो समाचारलाई लिएर चासो र दुःख व्यक्त गरेका छन् । वाल स्ट्रिटमा शेयर इन्डेक्स निकै तल झरेको छ । ट्रम्पले ट्विट गर्दै चिनियाँ सामान अमेरिका आउँदा कर लाग्ने घोषणा गरेका हुन् ।

उनले चीनको आलोचना गर्दै उसले अमेरिकी कृषिजन्य सामग्री खरिदको बारेमा जनाएको प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका छन् ।
विहीबार ट्रम्पका पूर्व आर्थिक सल्लाहकार गेरी कोहनले एउटा अन्तर्वार्तामा करको लडाईले नाटकीय रुपमा अमेरिकी उत्पादन र लगानीमा असर पर्ने बताएका थिए । यो तनावले अमेरिकी केन्द्रीय बैंकले गएको बुधबार ब्याजको दर एक दशकको अवधीमा घटाएको थियो । अमेरिकी व्यवसायीहरुले अमेरिका–चीन व्यापारीक नीतिको गएको मे जुनतिरको अवस्थालाई उम्लने स्थितिको नजिक भएको बताएका थिए ।

तर, दुवै पक्षले यो वार्तालाई रचनात्मक भनेका थिए । दुई देशबीचको अर्को चरणको वार्ता आउँदो सेप्टेम्बर महिनाका लागि तय गरिएको छ । यो पछिल्लो नीतिले अमेरिकाको आगामी बजेटलाई पनि असर पर्न सक्ने जनाइएको छ । सामाचार स्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?