राहत प्याकेज बोकेर प्रधानमन्त्री मधेश झर्दै, पीडितलाई घर र रोजगारी दिने घोषणा

appharu
0
Shares


प्रदेश २ का बाढी पीडित जनतालाई विशेष राहत तथा रोजगारीको प्याकेज लिएर प्रधानमन्त्री केपी शर्मा ओली सधेस जानुहुने भएको छ । शनिवार स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेर आएलगत्तै उहाँ मधेश जान लाग्नुभएको हो । मधेशका बाढीपीडित क्षेत्रका जनतालाई भेटी प्रधानमन्त्रीले पीडितलाई घर र रोजगारी दिने घोषणा समेत गर्नुभएको छ ।

प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको टोलीसँग शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर मधेसको अवस्थाबारे जानकारी लिदैँ उहाँले आफू राहतको विशेष प्याकेज लिएर बाढीपीडित जनतालाई प्रत्यक्ष जान लागेको बताउनुभएको भेटमा सहभागी एक नेताले जानकारी दिनुभयो । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?