नख्खु कारागारमा ‘जुम्रा’ले लियो ज्यान ! पवनले ईटाले हानेर मारे पूर्णबहादुरलाई

काठमाडौं । ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच झगडा हुँदा एक जनाको ज्यान गएको छ ।

झडपमा नख्खु कारगारमा जबरजस्तीकरणी मुद्दामा जेलजीवन बिताइरहेका पूर्णबहादुर राजीवको ज्यान गएको हो ।

ललितपुर प्रहरीका अनुसार ज्यान मार्ने उद्योगमा सजाय काटिरहेका पवनकुमार महतोले इँटाले हिर्काउँदा राजीवको मृत्यु भएको हो ।

प्रहरीले पवनकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । उनीहरुबीच जुम्रा खोजीरहेको बेला आपसमा विवाद बढ्दै जाँदा झडपको रुप लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?