कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको मिति सार्वजनिक (हेर्नुहोस् तालिकासहित)

काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको मिति सार्वजनिक गरेको छ । परीक्षा बोर्डले आगामी भदौ २२ र २३ गतेका लागि ग्रेड वृद्धि परीक्षाको समय तालिका तोकेको छ । परीक्षाको पहिलो दिन (भदौ २२ गते) अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । अंग्रेजी बाहेक अन्य एउटा मात्रै विषयको ग्रेड सुधार गर्न चाहने विद्यार्थीको परीक्षा पनि २२ गते नै सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।

यस्तै २ ओटा विषयको परीक्षा दिने विद्यार्थीका लागि भने पहिलो दिन (२२ गते) सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ भने दोस्रो दिन (२३ गते) ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ । बोर्डका अनुसार बिद्यार्थीहरुले भदौ ५ गते सम्म परिक्षा आबेदन भरि सक्नुपर्ने छ |

परीक्षा बोर्डका अनुसार जुनसुकै विषयको ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीले परीक्षाको पहिलो दिन अनिवार्य रुपमा परीक्षामा सहभागी हुनुपर्ने छ ।

ग्रेड वृद्धि परीक्षाबारे विस्तृत विवरणका लागि तलको सूचना हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?