काठमाण्डौं । गायन प्रतियोगिताको चर्चित रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ साउन ३१ गतेबाट प्रसारणमा आउने भएको छ ।
साउन ३१ गते देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी जनाईएको छ ।
झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव एक सय प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् । सुरिलो आवाजमार्फत् कोचको कुर्सी घुमे उनीहरुको सांगीतिक यात्रा सुरु हुने छ ।
कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले अघिल्लो सिजनको तुलनामा निकै ठूलो संख्यामा आकांक्षीहरु डिजिटल अडिसनमा सहभागी भएकाले प्रतिभाहरुको छनौटमा सहजता भएको बताउनुभयो ।
भ्वाईसको दोस्रो सिजनमा दुई जना कोच परिर्वतन गरिएको छ । दोस्रो सिजनमा जोडिएका नयाँ कोच राजु लामा र आस्था राउतसंगै दुई पुराना कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई पनि देख्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया