मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । साताको मध्यमा शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग रातो वा हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाँकालीजीको स्मरणगरी आरम्भ गर्दा शुभफल मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो सातामा घरायसी वातावरणमा केही असामान्यता देखिन सक्नेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । बुधवारबाट बोलीको भरमा कार्य सम्पादन हुनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग सेतो वा सिन्दूरे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको दर्शनगरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बुधवारबाट कामहरु अधुरै रहलान् । लगानी डुव्ने भय छ सचेत रहनु होला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभअङ्क २,३ र शुभरङ्ग सुन्तलारङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नु अघि मान्यजनको आशीर्वाद लिएर कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो सातामा महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर पनि मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी आरम्भ कार्य गर्दा सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो सातामा अनावश्यक यात्रा हुनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । दबाब र तनाव बढेको महसुस हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । साताको अन्त्यबाट साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग वैजनी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो सातामा वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । साताको अन्त्यमा आफ्नो अधिकार प्राप्तिका लागि केहि संघर्श गर्नु पर्ला । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । यज्ञयज्ञादि तथा धार्मिक कृत्यमा विशेष सहभागीको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शनगरी आरम्भ कार्य गर्दा सफलता मिल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । यो साताका लागि शुभअङ्क २,४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो सातामा नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । साताको अन्त्यमा मनोरञ्जन र रोमाञ्चक यात्राको योग छ । यो साताका लागि शुभअङ्क ७,९ र शुभरङ्ग कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
बन्धु बान्धवबाट विशेषसहयोग मिल्नेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । हराएको आत्मविश्वास जाग्नेछ । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क ६,८ र शुभरङ्ग खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । शरीरमा स्फूर्ति र उमङ्ग छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो रहला साथै पुनर्मिलनको योगपनि रहेको छ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीको लागि )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया