पृथ्वी नजिक भएर घुम्दैछ यो ग्रह, ठक्कर दिने सम्भावना कति ?

appharu
0
Shares


एक क्षुद्रग्रह अगष्ट १० मा पृथ्वीको अत्यन्त नजिक जाँदैछ । नासाका अनुसार क्षुद्रग्रहको व्यास १८७० फिट छ ।
यो सामान्यताभन्दा ठूलो आकारको क्षुद्रग्रहमा पर्ने वैज्ञानिक बताउँछन् ।
पृथ्वीनजिक भएर घुम्ने भएका कारण पनि यस ग्रह पृथ्वीमा ठोक्कीने संभावनाबारे प्रश्न उठेको छ ।
तर यसले पृथ्वीलाई कुनै खतरा नपु¥याउने वैज्ञानिकहरुको अनुमान छ ।

वस्तुलाई अवलोकन गरेर तिनले पृथ्वीलाई ठक्कर दिने सम्भावनाको मापन गर्ने वैज्ञानिकहरु भन्छन्, कि हाल पृथ्वीको नजिक भएर गुज्रिन लागेको क्षुद्रग्रह २००६ क्यूक्यू२३ बाट कुनै खतरा छैन । उक्त क्षुद्रग्रह मध्यम आकारको भएता पनि त्यो पृथ्वीको ५० लाख माइलमाथिबाटै टाढिन्छ ।

उनका अनुसार यो आकारको क्षुद्रग्रह प्रत्यक वर्ष झण्डै आधा दर्जन वटा पृथ्वीको नजिक भएर गुज्रिन्छन् । सूर्यलाई परिक्रमा गर्ने सबैभन्दा ठूलो क्षुद्रग्रहको लम्बाई २१ माइल छ । जवकि त्यो आकारको क्षुद्रग्रह एकदमै थोरै छन् ।

जोनसन र फास्टआबद्ध नासाको ‘नियर अर्थ अब्जेक्ट अव्जरभेसन्स प्रोग्राम’ले एक किमीभन्दा बढी व्यास भएको झण्डै ९०० वटा क्षुद्रग्रह पहिचान गरिसकेको छ ।

क्षुद्रग्रह जति सानो भयो त्यसको संख्या त्यति धेरै हुदैं जान्छ तर साना क्षुद्रग्रह हाम्रो वायुमण्डलमा प्रवेश गरेपछि जलेर नष्ट हुन्छन् । कुनै कुनै अवस्थामा मात्र जलेर बाँकी भाग पृथ्वीको सतहसम्म आइपुग्छ ।

सन् २०१३ मा ५५ फिट व्यासको उल्कापिण्ड पृथ्वीको सतहको केहीमाथि विस्फोट हुदाँ रुसमा हजार मानिस घाइते भएका थिए ।

पृथ्वीको नजिक भएर जाने २००६ क्यूक्यू २३ जत्रो आकारको क्षुद्रग्रह यदी पृथ्वीमै आउने हो भने त्यसले एउटा सानो स्तरको देशमा क्षति पु¥याउन सक्छ ।

यदी कुनै ठूलो क्षुद्रग्रह पृथ्वीतर्फ आएमा नासाले अन्तरिक्ष अभियान संचालन गरेर त्यसलाई फरक बाटो मोड्ने योजना छ ।एजेन्सीको सहयोगमा प्रतिकात्मक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?