देशभरबाट आफ्ना कार्यकर्तालाई पक्राउ तथा ईन्काउन्टर गरिएको विरोधमा नेत्र विक्रम चन्द विप्लव समूहले कैलालीमा प्रहरीविरुद्ध नै ुपक्राउ पुर्जीु जारी गरेको छ।
ुजनअदालतु को नाम दिएर विप्लव समूहले कैलालीमा खटिएका राष्ट्रिय अनुसन्धान विभागका एक असईलाई ‘पक्राउ पुर्जी’ जारी गरेको हो।
कैलाली जनअदालत प्रमुख विकासको नामबाट जारी पक्राउ पुर्जीमा राष्ट्रिय अनुसनधान विभागका असई भैरव कुँवरलाई ‘२५ दिनभित्र उपस्थित हुन’ भनिएको छ।
अनुसन्धान विभागमा असई पदमा कार्यरत कुँवरमाथि नेकपाका नेता कार्यकर्ताको सुराकी, अपहरण र ज्यान मार्ने उद्योग गरेको आरोप लगाइएको छ। ‘बाटोका म्यादबाहेक २५ दिनभित्र आफैं वा पक्राउ पुर्जी बमोजिम पक्राउ परी यस अदालतमा हाजिर हुन आउनु होला’ पुर्जीमा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया