एनआरएनलाई नेपालमा लगानी गर्न आग्रह गर्दै यसो भने कानुनमन्त्री ढकालले

appharu
0
Shares

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले एनआरएनलाई नेपालमा लगानी गर्न आग्रह गर्दै सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई मूर्तरुप दिन सबैलाई आह्वान गर्नुभयो । शनिबार एनआरएन युरोप क्षेत्रको १२ औं बैठकको उद्घाटन सत्रलाई इटालीको रोममा सम्बोधन गर्दै ढकालल विदेशी लगानी अपरिहार्य रहेको बताउँदै भन्नुभयो । ‘स्वदेशी पुँजीले मात्रै देश विकास सम्भव छैन ।’

नेपालमा विदेशी लगानी आवश्यक भएाको कुरामा दुईमत नभएको भन्दै ढकालले त्यसमा सरकार र प्रमुख राजनीतिक दलहरुको एकमत रहेको समेत प्रष्ट्याउनुभयो । उहाँले नेपालमा मूलत
कृषि, ऊर्जा, पर्यटन र पूर्वाधार लगायतका क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

यस्तै उहाँले नेपाली नागरिकताको विषयमा एनआरएनको माग पूरा गर्न सरकार तयार रहेको पनि बताउँदै उहाँले भन्नुभयो ‘एकपटकको नेपाली सँधैको नेपाली, यसका लागि कानुन बनाउन पहल भइरहेको छ।’

कार्यक्रममा विशेष अतिथिको रुपमा पुग्नुभएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालसम्म प्राप्त उपलब्धीको रक्षाका लागि गैरआवासीय नेपालीले पनि दवाव दिनु जरुरी रहेको बताउनुभयो ।

सरकारमा रहेकाहरु निःस्वार्थ रुपमा आर्थिक र सामाजिक विकासमा होमिने बेला भएको भन्दै लगानीको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्ट, पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, पर्यटन सचिव मोहन कृष्ण सापकोटा,स्वीटरल्याण्डका लागि नेपाली राजदूत तीर्थराज घिमिरेलगायतले एनआरएनको महत्व र नेपालको विकासमा संघले खेल्नसक्ने भूमिकाका विषयमा चर्चा गर्नुभएको थियो ।

बैठकमा गैरआवासीय नेपाली नागरिकताको विषयमा रहेका द्विविधा सम्बन्धी विशेष सेसन, नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे जानकारी, युरोप क्षेत्रका लागि छुट्टै वैदेशिक रोजगार राहत कोषको अवधारणा लगायत एजेन्डामा समेत छलफल केन्द्रित रहनेछ ।

यसका साथै बैठकमा यूरोपेली क्षेत्रमा रहेका गैरआवासीय नेपाली समुदायले भोग्नुपरेको समस्या र त्यसको समाधान, यहाँ रहेका नेपालीका ज्ञान सीप र क्षमता नेपालमा भित्र्याउने सरकारको रणनीति र त्यसमा एनआरएनएको भूमिकाबारे पनि घनीभूत रुपमा छलफल गरिन बताइएको छ ।
बैठक आइतबार रोम घोषणापत्र जारी गर्दै सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?