काठमाण्डौं । भारतमा प्रतिबन्धित पशु स्वास्थ्य एन्टिबायोटिक औषधी नेपालमा बिक्रवितरण भइरहेको छ ।
नेपाल सरकारले आयातमा रोक नलगाउँदा खुलमखुला भेटेनरी औषधी पसलमार्फत् यो औषधी बिक्रीवितरण भइरहेको हो ।
भारतको स्वास्थ्य मन्त्रालयले जुलाई १९९१ मा ‘कोलिस्टिन’ नामक एन्टिबायोटिकको उत्पादन, बिक्रीवितरण र प्रयोग बन्द गर्नु भन्दै सूचना निकालेको थियो ।
कुखुरा फार्म, माछापालन र पशु स्वास्थ्य रोग उपचारका लागि प्रयोग हुने यो औषधीले प्रत्यक्षरुपमा मानव स्वाथ्यलाई समेत असर गर्ने भन्दै भारतले राजपत्रमा अंकित गरी यो औषधि प्रतिबन्ध गरिसकेको छ ।
नेपालमा भारतबाटै आयात गरी यो औषधिको बिक्रीवितरण गरिने गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया