निमोनियाका कारण वडाध्यक्षको निधन

appharu
0
Shares

भोजपुरको पौवादुङ्मा गाउँपालिका–१ का वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ ।

निमोनियाबाट पिडित ७२ वर्षीय पाण्डेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।

निमोनियाले गालेपछि पाण्डेलाई भोजपुर सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारका लागि लगिएको थियो । जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा त्यही उनको मृत्यु भएको पौवादुङ्मा गाउँपालिकाले जनाएको छ ।RSS

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?