पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश संग्रह पुस्तकमा के छ ? कार्यक्रममा जे देखियो

appharu
0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशहरु संकलन भएको पुस्तक सन्देश संग्रह सार्वजनिक गरिएको छ ।

कोषको कार्यालय बालुवाटारमा हिमानी कोषले आज उक्त पुस्तक सन्देश संग्रह विमोचन गरेको हो । हिमानी कोषकी अध्यक्ष तथा यूर्व युवराज्ञी हिमानी शाहले संग्रहबाट प्राप्त रकम कोषमा जम्मा गर्ने र दैवी उद्धार कोष खडा गरी सहयोग पुर्‍याउने बताउनुभयो ।

हिमानी टष्टको सल्लाहकार रहनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले कोषका लागि ५ सय प्रति संग्रह प्रदान गर्नुभएको छ । पुस्तक सन्देश संग्रहको मुल्य पाँच हजार पाँच सय पचपन्न रहेको छ ।

कार्यक्रममा युवराज्ञी हिमानी शाह र हिमानीपुत्री पूर्णिकाहरुको उपस्थिती थियो ।

कोषले स्थापना कालदेखि नै सामाजिक कार्यहरु गर्दै आएको छ । यसअघि पूर्व औरहीको अग्नी पिडितहरु, पश्चिम खारा पानीका बाढी पिडित कैलाली महेन्द्र नगर र बाढीको चपेटामा परेका सुर्खेतका स्थानियहरु तथा बारा पर्साका पिडितहरु तथा २०७२ सालको भूकम्पपिडितलाई पनि राहत वितरण गरेको विज्ञप्तीमा जनाइएको छ ।

पत्रकार सम्मेलन मार्फत दैवी उद्धार कोष खडा गरी सहयोग पुर्याउने कोषको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?