काठमाडौं । अमेरिकामा फेरि गोली चल्दा ९ जनाको मृत्यु भएको छ, भने १६ जना घाइते भएका छन् । अमेरिकाको ओहिओस्थित डेटोनमा स्थानीय समय अनुसार शनिबार राति १ बजे गोली चलेको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार गोली चलाउने व्यक्तिको पनि घटनास्थलमै मृत्यु भएको छ । घाइतेहरुलाई अस्पताल लगिएको छ । टेक्सासमा भएको गोली काण्डको करिब एक घण्टापछि ओरेगनमा गोली चलेको प्रहरीले जनाएको छ ।
टेक्सासमा भएको गोली काण्डमा २० जनाले ज्यान गुमाएका थिए । उक्त गोली काण्डलाई गभर्नर ग्रेग अब्बोटले सो घटनालाई टेक्ससको इतिहासको एउटा भयानक दिन भनेका छन् ।
अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, २० जनाको मृत्यु, २६ घाइते
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया