फोनबाट धम्क्याएर रकम माग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । मोबाइल फोनबाट धम्क्याई ७५ लाख रुपैयाँ माग गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२४ बस्ने ३० वर्षीय उदय गिरी रहेका छन् ।

विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी बिभिन्न व्यक्तिहरूलाई धम्क्याई उक्त रकम माग गर्ने कार्यमा संलग्न गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका-२४ धापाखेलबाट पक्राउ गरेको हो ।

गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेको खुल्न आएको र निज उपर थप अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?