पैसाका कारण आयोजना रोकिँदा जनता लाभान्वित हुन सकेनन् : खानेपानी मन्त्री मगर

appharu
0
Shares

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले बजेट अभावका कारण वर्षौंदेखि सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिनुभएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति समिक्षा बैठकको समापन गर्दै मन्त्री मगरले सम्पन्न हुन बाँकी रहेका आयोजनाहरुलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको हो ।

उहाँले कतिपय आयोजनाहरु पैसाका कारण रोकिएकाले जनता लाभान्वित हुन नसकेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले पहिला सडकको आवश्यकता धेरै खोजिन्थ्यो तर अब खानेपानीको आवश्यकता सबैलाई परेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?