काठमाडौं । समिर लामाले मिस्टर प्लस साइज नेपाल २०१९ को उपाधी प्राप्त गर्नुभएको छ ।
टप फाइभमा प्रस्तुतिका आधारमा उत्कृष्ट बन्दै पहिलोपटक नेपालमा आयोजित मोटा पुरुषहरुको प्रतियोगितामाथी लामाले कब्जा गर्नुभएको हो ।
उपाधिसहित लामाले मस्ट हेन्डसमको उपाधी र नगद पचास हजार रुपैयाँ पनि प्राप्त गर्नुभयो ।
त्यस्तै प्रतियोगितामा नितेश चन्द मिस्टर फोटोजेनिकको टाइटलसहित फर्स्ट रनरअप बन्दै तिस हजार नगद प्राप्त गर्नुभयो ।
प्रतियोगीमध्येबाट अजय प्रधानले मस्ट ट्यालेन्टेड, निगम रेग्मीले मस्ट फ्रेन्डली र कमान लामाले मस्ट डिसिप्लिनको टाइटलसहित नगद बिस हजार प्राप्त गरे ।
विजेताहरुलाई कार्यक्रमका विशेष अतिथि उज्ज्वलजंग शाह, निर्णायकहरु शितल केसी, सुश्मा कार्की, सुजाता काफ्ले, लोकराज बराल, इश्वर बल्लभ उप्रेती र आयोजक संस्थाका प्रमुख डेभिल सिंह राजपुतले पुरस्कार एवं ट्रफी वितरण गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया