रेडबुल बोकेको ट्रक त्रिशूलीमा खस्यो, खोजी कार्य जारी

appharu
0
Shares

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।

इच्छाकामना गाउँपालिका-६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ ।

ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका-५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?